Harsamaya
गृहमन्त्रीको साथी हो भन्दै धम्क्याउने पक्राउ
काभ्रेको बनेपाका ५० वर्षीय राज कुमार श्रेष्ठ ।

काठमाडौं - गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने एक जनालाई प्रहरीको फन्दामा परेका छन् । प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोप छ । बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा विरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update