Harsamaya
तीनकुने घटनामा शिवसेनाका अध्यक्ष पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेत ।

काठमाडौं - तीनकुने घटना प्रकरणमा थप एकजना राजावादी पक्राउ परेका छन् ।

राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आए पछि उनी पक्राउ परेको रमा सिंहले जानकारी दिइन् ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भए पछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update