Harsamaya
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ।

काठमाडौं - नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट सुरू हुँदैछ ।

ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ । 

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालय, शनिबार हुनेछ भने यसको समापन वैशाख ३० मा मुस्ताङमा गरिनेछ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुद्घाटन हुने समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update