Harsamaya
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने 
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । 

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो । 

मिश्र र प्रसाईंलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो । 

गत चैत १५ गते भएको तीनकुने घटनामा दोषी भएको भन्दै सोही राती मिश्रलाई र प्रसाईंलाइ भने एक साता पछि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update