सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।
बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय