प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं - संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । आज बिहान ११ बजेको लागि बैठक बोलाइएको छ ।
बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय