
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५८पैसा र बिक्रीदर ९८ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ १३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।