एमाले नेता प्रदिप नेपालको निधन

काठमाडौं - नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ।
नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको ४ बजेर १५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए। रोगले थलिएका उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय