त्रियुगा नदीले बस बगायो

काठमाडौं- उदयपुरको त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको हो । मंगलबार बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले बगाएको हो ।
गएराति जन्ती पुर्याएर फर्किने क्रममा त्रियुगा नदीमा बस फसेको थियो । बसमा चालक र सहचालक मात्रै रहेकाले उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय सिवाईले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय