Harsamaya
संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
संघीय संसद ।

काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ । दुवै बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ । गत वैशाख १९ गते  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदकाे दुवै सदनको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update