Harsamaya
हिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्यको आग्रह
स्वामी रामभद्राचार्यजी महाराज ।

जनकपुर - सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् ।

धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरूलाई जागृत हुन आग्रह गरेका हुन् । 

सोमबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका विश्वप्रसिद्ध हिन्दू धर्मगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीले विभिन्न स्थानमा हिन्दूहरुप्रति भइरहेको आक्रमणको सामना गर्न सम्पूर्ण हिन्दूलाई एकजुट भएर लड्न आग्रह गरेका छन् । 

उनले मुस्लिमलगायत अन्य धर्मावलम्बिहरुले मिलेर एक मात्र हिन्दू राष्ट्र नेपाललाई बरबाद गरेको बताए । उनले नेपाल र भारतलाई हिन्दू राष्ट्र हुनुपर्ने धारणा राखे । साथै उनले नेपालमा राजा आउनुपर्ने पनि बताए ।

रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुका साथै मिथिला परम्परा अनुसार गारी (सम्धि पक्षलाई दिने व्यङयात्मक गाली) दिएका थिए । 

उनले जानकी मन्दिरको गर्भगृहमा पूजा गर्नुका साथै मन्दिर परिक्रमा गरी प्रसाद ग्रहण गरेका थिए । उनी भारत विहारको सितामढि प्रस्थान गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update