Harsamaya
सरकारले ‘राज्य आंतक’ मच्चायो : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही ।क

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको समेत बताए । 

उनले भने, ‘सरकारले राज्य आंतक अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्रलगायतका साथीहरू आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारवादी संगठनहरू र राज्यले मानव अधिकारको गम्भीर उल्लंघन गरेका छन् । राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानबिन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानबिन समिति बनाउन आवश्यक छ ।’

साथै उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे ।

उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदि राज्यले नै दिएको हो भने आफूहरू पनि सत्तामा पुग्ने बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update