Harsamaya
मधेशी एवम् थारूलगायतलाई राज्यले सधैँ अन्याय गर्यो : महन्थ ठाकुर 
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ।

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई विना कारण पाँच घण्टा हिरासतमा राखिएको विषयमा सरकारको आलोचना गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले मधेशी, थारूलगायतका समुदायलाई जहिल्यैपनि अन्याय गरेको टिप्पणी गरेका हुन् ।

उनले भने,‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो । त्यसको कुनै कारण छैन ।  एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो । रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए । तर राज्यले मधेशी, थारूलगायतका समुदायलाई जहिल्यैपनि अन्याय किन गर्छ ।’

साथै उनले राज्यले जहिल्यैपनि आफूलाई विजेताको रूपमा प्रस्तुत गरेको र आफूहरूलाई पराजितको रूपमा व्यवहार गरिएको बताए । उनले आफूहरूको पीडा कसलाई सुनाउने भन्दै प्रश्न समेत गरे ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update