
काठमाडाैं - संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
गत वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय