Harsamaya
आजको डलरदेखि दिनारसम्म : कुन विदेशी मुद्रा कति महँगियो?
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।  

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा कायम गरिएको जनाएको छ । 

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५२ पैसा र बिक्रीदर २० रुपैयाँ ६१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update