Harsamaya
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका कान्छाराम तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । रिक्त पदमा कांग्रेसको सिफारिसमा गर्बुजालाई नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update