
इलाम - शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । पठनपाठन सुरु गर्न अभिभावकले दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो ।
इलाम- १ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका-९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।
इलाम नगरपालिका-५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलालेअभिभावकले विद्यालय खोलाउन आग्रह गरे पनि खुल्न अझै केही दिन लाग्ने बताए । विद्यालयका शिक्षक विष्णुभक्त अभिभावकसँग छलफल गरेर निर्णय भण्डारीले बताए । “विद्यालयमा लिने उनको भनाइ छ।