खुल्न थाले सामुदायिक विद्यालय
मंगलबार, वैशाख १६, २०८२
शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् ।

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
सोमबार, वैशाख १५, २०८२
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । तर, उक्त कार्य पात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्राचारमा भनिएको छ ।

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान
बुधबार, वैशाख १०, २०८२
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन ।

रौतहटका शिक्षक काठमाडौं आन्दोलनमा, भर्ना अभियान प्रभावित
आइतबार, वैशाख ७, २०८२
गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शून्य झैँ भएको एक विद्यालयका अभिभावक रामएकबाल साहले बताए ।

कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
शुक्रबार, फागुन ९, २०८१
यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।

काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
शनिबार, माघ २६, २०८१
बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण
सोमबार, माघ २१, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।

६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण
सोमबार, माघ ७, २०८१
बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म सांकेतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।
साताको लोकप्रिय