-1745394970.jpg)
काठमाडौं - जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ ।
नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।
विनयका हजुरबुबा हवा सिंह नरवालले पत्रकारहरूलाई भने, ‘उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।’
हरियाणाको कर्नाल जिल्लाका नरवालले दुई वर्षअघि मात्र नौसेनामा काम गर्न थालेका थिए ।
हरियाणाको करनाल जिल्लाका नरवालाले दुई वर्षअघि मात्र नौसेनामा काम गर्न थालेका थिए । उनको मृत्युप्रति प्रतिक्रिया व्यक्त गर्दै भारतीय नौसेनाले भन्यो, ‘पहलगाममा भएको यो कायरतापूर्ण आक्रमणमा लेफ्टिनेन्ट विनय नरवालको मृत्युबाट नौसेना प्रमुख एडमिरल दिनेश त्रिपाठी र सबै भारतीय नौसेना कर्मचारीहरू स्तब्ध छन्।’