तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरूको आमसभा समेत प्रभावित बनेको छ ।
 
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:११
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
