भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व संकलन
                            
                            
                                                        
                                                     
                                                            झापा - आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो। कार्यालयको तथ्यांकअनुसार गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको जानकारी प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले दिए ।
आन्तरिक राजस्व कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०९:१२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    