 
                                                            सिन्धुपाल्चोक - जिल्लाको ३ वटा क्याम्पसहरूमा आज भएको स्ववियु निर्वाचनमा दुईमा अखिल क्रान्तिकारीले जितेको छ भने एकमा नेविसंघले बाजी मारेको छ ।
जलविरे क्याम्पसमा र मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धनलाई हराउँदै माओवादी समर्थित विद्यार्थी संगठन क्रान्तिकारीले प्यानलसहित जित निकालेको छ।
मेलम्ची भ्याली क्याम्पसमा अखिल क्रान्तिकारीका राजन गिरी ७३ मत ल्याउँदै सभापतिमा निर्वाचित हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेविसंघका रोशन गिरीले ४० मत ल्याए।
त्यस्तै जलविरे भ्याली क्याम्पसमा पनि अखिल क्रान्तिकारीकै अशोक ढुंगाना निर्वाचित भए।
त्यस्तै अरनिको कलेज बाह्रबिसेमा गठबन्धनको तर्फबाट नेविसंघका तुसार श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्।
यता, चौतारा बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीले फर्जी मत खसालेको विषयमा विद्यार्थीहरूबीच झडप भएपछि त्यहाँ निर्वाचन स्थगित भएको छ ।
सत्ता गठबन्धन बाट उम्मेदवारी बनेका अनेरास्ववियुका सभापतिका उम्मेदवार सुशील तामाङ र नेविसंघबाट सचिवका उम्मेदवार रहेका चिनलाल तामाङसहित प्रमिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 
                                                 
                                                -1758540736.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    