‘लाज शरणम्’ टोलीको आग्रह: बौद्धिक सम्पत्तिको सम्मान गरौँ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - चलचित्र ‘लाज शरणम्’ ले आमदर्शक, सञ्चारमाध्यम र समीक्षकको साथप्रति आभार व्यक्त गर्दै सिनेमाको बौद्धिक सम्पत्तिको सुरक्षा र सिर्जकको प्रतिलिपि अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
सार्वजनिक प्रदर्शनपछि अनधिकृत रूपमा दृश्य तथा संवादहरू सामाजिक सञ्जालमा फैलिनु सिनेमा उद्योगका लागि चुनौतीपूर्ण रहेको भन्दै टोलीले दर्शकलाई हलभित्र भिडियो खिच्नेजस्ता गैरकानुनी कार्य नगर्न आग्रह गरेको छ।
‘उत्तरदायी सिनेमा संस्कृति’ को विकासमा सबैले योगदान गर्नुपर्ने बताउँदै टोलीले अनधिकृत सामग्री प्रसारण नगर्न र सर्जकको श्रमको सम्मान गर्न अनुरोध गरेको छ। रचनात्मक सुझावलाई स्वागत गर्दै, फिल्म निर्माण टोलीले निरन्तर साथ र समर्थनको अपेक्षा राखेको छ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:५८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
