Harsamaya
सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो
प्रतिकात्क तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि १२० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो मूल्यवृद्धिसँगै नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यले पुनः उकालो यात्रा समातेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update