सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो, चाँदी पनि उकालो
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो।
प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३ ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

