Harsamaya
सुन एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि ओरालो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

मङ्गलबार प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मङ्गलबार प्रतितोला तीन हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बुधबार १० ग्राम चाँदीको मूल्य दुई हजार ६०६ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update