Harsamaya
१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मोरङ - मोरङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानी प्रसाद लम्साल रहेका छन् ।

प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ ।

घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएको थियो । जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि प्रहरीले मंसिर ५ गते लम्साललाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लम्सालमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update