जेन्जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी पक्राउ
मकवानपुर - जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २३ वर्षीय हर्षित राज मुक्तान रहेका छन् ।
प्रहरीका अनुसार उनलाई हिजो दिउँसो करिब २ बजे हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटबाट पक्राउ गरिएको हो । पिपलबोट क्षेत्रमा हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मुक्तानलाई लागूऔषध (खैरो हेरोइन) मुद्दामा ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिबाना सजाय तोकिएको थियो । जेन्जी आन्दोलनका क्रममा उनी भिमफेदी कारागारबाट फरार भएका थिए ।
पक्राउ परेका मुक्तानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३ १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

