Harsamaya
घरको खाटमुनि लुकाइएका दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ओखलढुङ्गा - ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जन्तरखानी निवासी ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले मगरको घरमा खोजतलास गर्ने क्रममा खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार बन्दुकसँगै त्यसमा प्रयोग हुने फलामका टुक्राहरू र बारुदजस्तो देखिने दुई वटा डब्बासमेत बरामद गरिएको छ ।

बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update