Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५४, सिसिटिभिमार्फत २९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १२२, हर्न निषेधमा १०, अवस्था ठिक नभएको २ जना लेन क्रस २ जना, एकतर्फि २ जना र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update