काठमाडौं - नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको हो ।
कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहेका छन् । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।


![अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/prkasha-saran-(1)-1761741565.jpg) 
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                     
                     
                     
                     
                     
                    