Harsamaya
डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कालीकोट - डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन । योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ ।  

पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । 

उनीहरुलाई रंगगाउँको माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

गत कात्तिक १४ गते बिहान ठूलीभेरी–३ दुनैस्थित जिल्ला कारागारबाट आठजना कैदी सुरुङ खनेर फरार भएका थिए । पक्राउ पर्न बाकी रहेका थप दुईजना कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update