Harsamaya
मोरङमा रड प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मोरङ - मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा मृतककी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय बुधराम सोरेन रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे बुधरामलाई उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेकी कमली बास्केलाई सोमबार बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update