Harsamaya
पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

चितवन - चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

आज बिहान ५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधन आवागमन ठप्प भएको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ। सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update