Harsamaya
आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ।

हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ । 

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भू-भागका एकरदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update