एनपिएलः सुदूरपश्चिमद्वारा पोखरालाई ब्याटिङको निम्तो
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।
पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो ।
गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो । यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

