केपी ओली कप: आज कुन कुन टिम भिड्दैछन् ?
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदै छ ।
आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुनेछ । यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो ।
यो खेल बिहान साढे ११ बजे सुरु हुने छ । त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ । यो खेल अपरान्ह ३ बजेदेखि सुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 
 
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:३६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
