Harsamaya
पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, ११ जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

इस्लामाबाद - उत्तर–पश्चिमी पाकिस्तानमा प्रहरी जाँच चौकीलाई लक्षित गरी भएको आत्मघाती विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा सडकछेउको प्रहरी जाँच चौकीमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन विस्फोट गराइएको प्रान्तीय आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीले जानकारी दिए । 

प्रहरीका अनुसार मृतक तथा घाइतेलाई नजिकैका अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

आक्रमणको जिम्मेवारी पाकिस्तानमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ।

पाकिस्तानमा पछिल्ला वर्षमा लडाकु समूहका आक्रमण बढ्दै गएका छन्। टीटीपीसँगै बलुचिस्तानमा सक्रिय पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले पनि यस्ता आक्रमणको जिम्मेवारी लिने गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update