Harsamaya
कोशीमा डेंगु संक्रमण बढ्दो, झापा र सुनसरीमा जोखिम उच्च
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा सबैभन्दा धेरै संक्रमित झापामा २२८ जना छन् । त्यस्तै सुनसरीमा २०३, ओखलढुंगामा १२२ र खोटाङमा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा चार, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा डेंगु संक्रमण देखिएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिए । 

बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने लगायतका अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update