पाँचौँ पटक जिब्रो छेड्दै वीरेन्द्रभक्त
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले लोपोन्मुख जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष पाँचौँपटक जिब्रो छेड्ने भएका छन्।
उनले यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन दिगुभैरव मन्दिरको डबलीमा जिब्रो छेड्ने जानकारी दिए। विसं २०७४ मा उनकै अगुवाइमा पुनः सुरु भएको जात्रामा उनले २०७९, २०८१ र २०८२ मा पनि जिब्रो छेडेका थिए।
आर्थिक अभावका कारण चल्दै र रोकिँदै आएको जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँ खर्च हुने गरेको छ।
जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी बालकुमारी मन्दिरमा पुगेर सियो निकाल्ने परम्परा रहेको छ। उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल तथा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास गरिन्छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

