Harsamaya
अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ।

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यबारे छलफल हुनेछ।

अर्थमन्त्री वाग्लेले आज भारतीय अर्थमन्त्री निर्मला सीतारमण र शुक्रबार विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उनले विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक कार्यक्रममा सहभागिता जनाउनेछन्।

वाग्ले शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update