Harsamaya
रौतहटमा ३५ लाख बढीको अवैध सामान बरामद
बरामद गरेको सामान ।

रौतहट -  रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले ३५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध कस्मेटिक तथा सुर्तीजन्य सामान बरामद गरेको छ।

ईशनाथ नगरपालिका–३ औरैयास्थित नन्दकिशोर गुप्ताको घरमा अवैध रूपमा लुकाइछिपाइ राखिएको सामान विशेष सूचनाका आधारमा भदौ १७ गते बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा उक्त सामान फेला पारेको हो।

बरामद सामानको भन्सार दाखिला मूल्य ३५ लाख २३० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update