लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
प्रदेशसभामा कायम सदस्य सङ्ख्याको बहुमत मुख्यमन्त्रीको पक्षमा परेकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदले विश्वासको मत दिएका थिए। नेपाली कांग्रेस र जनमत पार्टीका सांसदले भने विपक्षमा मतदान गरेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

