पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला
कपिलवस्तु - कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु नगरपालिका–३ देवनगडियाका अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५:३० बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक जंगल क्षेत्रमा हराएका थिए।
सिंह हराएपछि परिवार तथा सुरक्षाकर्मीले खोजतलास थालेका थिए। खोजी गर्ने क्रममा साउन २४ गते दिउँसो सोही सामुदायिक जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सिंहको मृत्युको कारण भने खुल्न बाँकी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ १९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

