सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला
मकवानपुर - हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र एक महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:५० बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र शव त्यहाँ कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

