Harsamaya
कांग्रेस आधिकारिकताको सुनवाई पुर्ण इजालसमा
नेपाली कांग्रेस पार्टी कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ । 

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेश विरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुन लागेको हो । देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाई हुनेछ ।

देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

पूर्ण इजलाशमा भएको सुनवाइ पछि सम्भवतः आजै निर्णय आउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update