Harsamaya
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख बढी ठगी, दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीका नाममा आकर्षक आम्दानीको प्रलोभन देखाई १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्टलाई पनि पक्राउ गरिएको छ। उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप प्रहरीले जनाएको छ।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update