Harsamaya
सामूहिक बलात्कार मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाँकेमा सामूहिक जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार २०८२ साउन ११ गते राति करिब ७:३० बजे बाँकेको कोहलपुर नगरपालिका–११ हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा खजुरा गाउँपालिका–२ निवासी २० वर्षीय प्रदीप सुनार र २८ वर्षीय मोहन सत्यालले १४ र १५ वर्षीया दुई बालिकामाथि पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

घटनापछि प्रदीप सुनारलाई २०८३ साउन १२ गते नै प्रहरीले पक्राउ गरेको थियो। घटनापछि फरार रहेका अर्का प्रतिवादी मोहन सत्याललाई साउन १७ गते बाँकेको खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सत्यालविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update