Harsamaya
 ‘पाथीभरा माता’  भन्ने पुरुष क्राउ
वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापा ,

सुर्खेत - सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामाथि असर पर्ने तथा समाजमा द्वेष र भ्रम फैलाउने प्रकृतिको विवादास्पद भिडियो सार्वजनिक गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापा (आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने) लाई बुधबार राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको भिडियो र तस्वीरले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै धार्मिक आस्थाप्रति नकारात्मक असर पार्ने र अनावश्यक विवाद उत्पन्न गराउने देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update