हँसिया प्रहार गरी बुबाको हत्या
रुकुम पश्चिम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
प्रहरीका अनुसार सोही स्थानका अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्ना बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गरेका थिए। गम्भीर चोट लागेका ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले पारस घर्तीलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

